June 22, 2024

एजेन्सी – स्वीडिस भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले व्यावसायिक फुटबलबाट सन्यासको घोषणा गरेपछि सर्जियो रामोसले ज्लाटन इब्राहिमोभिकलाई शानदार सन्देश पठाएका छन्। ज्लाटनले सक्रिय फुटबलबाट सन्यास लिएसंगै रामोसले सामाजिक संजाल मार्फत गज्जबको बिदाई सन्देश पठाएका हुन्।

ज्लाटनलाई रामोसले ट्रिब्युट दिँदै सामाजिक संजाल मार्फत ज्लाटनले फुटबलबाट सन्यास लिएको नभई फुटबलले ज्लाटनबाट सन्यास लिएको टिप्पणी गरेका छन्। ट्रिब्युट दिनेक्रममा रामोसले ज्लाटनलाई ‘सिंह’को संज्ञा पनि दिएका छन्। ज्लाटन ‘मिस’ हुने रामोसको भनाई छ।

“ज्लाटनले फुटबलबाट सन्यास लिएका होइनन्, फुटबलले ज्लाटनबाट सन्यास लिएको हो। तिमि ‘मिस’ हुने छौँ सिंह(लायन)”,रामोसले ज्लाटनलाई ट्रिब्युट दिँदै आफ्नो सामाजिक संजाल स्टोरीमा लेखेका छन्। ज्लाटनले आइतबार २२ वर्षे लामो सक्रिय फुटबल करियरबाट सन्यास लिएका हुन्।

लामो फुटबल करियरमा उनले मिलान, इन्टर मिलान, युभेन्टस, पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, बार्सिलोना र आयाक्स जस्ता क्लबहरुबाट फुटबल खेले। रामोस रियल म्याड्रिडबाट खेल्दा यी दुईले एक अर्का विरुद्ध खेलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *