June 22, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने अर्जेन्टिनी स्टार लियोनेल मेस्सीकी पत्नी एन्टोनेला रोकुज्जो बार्सिलोना फिर्ता हुन आतुर छिन्। लामो समय बार्सिलोनामा रहेको र आफ्ना छोराहरु पनि शहरसँग परिचित रहेको कारण एन्टोनेला रोकुज्जो बार्सिलोना फिर्ता हुने पक्षमा रहेको स्पेनिस मिडियाहरुको दावी छ।

जेरार्ड रोमेरोका अनुसार, रोकुजोले पनि आफ्नो पतिलाई बार्सिलोना जानको लागि दबाब दिइरहेकी छिन्। उनले मेस्सीलाई बार्सिलोना फिर्ता हुन फकाइरहेको बताइएको छ। परिवार स्पेन फर्कन रुचाउने दावी निरन्तर आइरहेको छ।

मेस्सीको परिवारले लामो समय बार्सिलोनामा बिताएको थियो। पेरिस जानु भन्दा अगाडी मेस्सी र उनको परिवार लामो समय बार्सिलोनामा बसेको थियो। बार्सिलोनामा मेस्सीको घर पनि छ। सोहि कारणले गर्दा एन्टोनेलाले मेस्सीलाई बार्सिलोना फर्किन सुझाव दिरहेकी छिन्।

मेस्सीले पिएसजी छाडिसकेका छन्। अब उनले नयाँ गन्तव्यको खोजि गर्न पर्ने भएको छ। सोमबारबाट उनका लागि बार्सिलोना फिर्ता हुने बाटो खुलेको छ। किनभए लालिगाले बार्सिलोनाको आर्थिक प्रतिवेदनलाई अनुमोदन गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *