June 22, 2024

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे लामो समय देखि च्याम्पियन्स लिग जित्ने सपना देखिरहेका छन्। पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई च्याम्पियन्स लिग जिताउन उनले गरिरहेको प्रयास सफल हुन सकिरहेको छैन।

यस सिजनमा पनि च्याम्पियन्स लिग जित्ने उनको सपना सपना नै रह्यो। पिएसजी च्याम्पियन्स लिगको अन्तिम १६ भन्दा अगाडी बढ्न नै सकेन। पिएसजी अन्तिम १६ मा बायर्न म्युनिखसँग पराजित हुँदै बाहिरिएको थियो। पिएसजी बायर्नसँगका दुवै लेगमा पराजित भएको थियो।

यस सिजन च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटी र इन्टर मिलान भिड्दैछन्। सिटी रियल म्याड्रिडलाई पराजित गरेर फाइनल प्रवेश गरेको हो भने इन्टर एसी मिलानलाई हराएर फाइनल पुगेको हो।

एम्बाप्पेका अनुसार यस पटक सिटीले च्याम्पियन्स लिग जित्ने सम्भावना छ। एक अन्तर्वार्ताका क्रममा कसले च्याम्पियन्स लिग जित्ला भन्ने प्रश्न गरिँदा एम्बाप्पेले सिटीले जित्ने जवाफ दिए।

“यो उत्कृष्ट खेल हुनेछ। म यो खेल पक्कै हेर्नेछु। मलाई लाग्छ सिटीले जित्नेछ।”,एम्बाप्पेले सिटीले च्याम्पियन्स लिग जित्ने अनुमान लगाउँदै भने। एम्बाप्पेले भनेजस्तै भए सिटीले ट्रेबल पूरा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *