June 22, 2024

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलले नयाँ सिजनका लागि पहिलो खेलाडी भित्र्याउन सफल भएको छ। सन् २०२२-२३ को सिजनमा कठिन संघर्षबाट गुज्रिएको लिभरपुलले नयाँ सिजनका लागि पहिलो खेलाडी भित्र्याउन सफल भएको हो।

लिभरपुलले प्रिमियर लिग क्लब ब्राइटनका एलेक्सिस म्याक एलिस्टरलाई भित्र्याउन सफल भएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। लिभरपुलले रिलिज क्लज सक्रिय गराएर एलिस्टरलाई अनुबन्ध गरेको बताइएको छ।

ट्रान्सफर मार्केट गुरु फाब्रियो रोमानोले पनि यस खबरलाई पुष्टि गरेका छन्। रोमानोका अनुसार लिभरपुलले एलिस्टरलाई पहिला चर्चा गरिएको भन्दा कम मूल्यमै अनुबन्ध गरेको छ। लिभरपुलले एलिस्टरलाई मात्र ३५ मिलियन युरोमा अनुबन्ध गरेको हो।

पहिला एलिस्टरको रिलिज क्लज ५० मिलियन युरो भन्दा धेरै भएको चर्चा गरिएपनि अहिले आएर भने उनको रिलिज क्लज ३५ मिलियन युरो मात्र रहेको खुलासा भएको छ। लिभरपुलले एलिस्टरको मेडिकल पूरा गरिसकेको छ। छिट्टै नै क्लबले एलिस्टरलाई अनुबन्ध गरिएको बारे घोषणा गर्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *