June 25, 2024

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीले पेरिस सेन्ट जर्मेन(पिएसजी)का ब्राजिलियन स्तर नेयमारलाई भित्र्याउन आधिकारिक कदम चालेको छ। विभिन्न खेल मिडियाहरुका अनुसार चेल्सीले नेयमार भित्र्याउनको लागि अन्ततः आधिकारिक कदम चालेको हो।

चेल्सीले नेयमारको सम्बन्धमा पिएसजीसँग वार्ता सुरु गरेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। फ्रान्सबाट प्रकाशित हुने मिडियाहरुका अनुसार नेयमारको सम्बन्धमा चेल्सीले पिएसजीसँग आधिकारिक वार्ता नै सुरु गरेको छ।

यस भन्दा अगाडी पनि चेल्सीको नाम नेयमारसँग जोडिएको थियो। तर दुई पक्ष बीच खासै ठोस वार्ता भएको थिएन। अब भने चेल्सी नेयमार भित्र्याउन गम्भीर भएर लागेको छ। स्मरण रहोस् गत समर ट्रान्सफरमा पनि नेयमार भित्र्याउन चाहेको थियो। तर सो सम्बन्धमा दुई क्लब बीच वार्ता नै हुन सकेको थिएन।

Le10Sport का अनुसार नेयमारका लागि पिएसजीसँग वार्ता सुरु गर्ने एक मात्र टोली भने होइन। अन्य क्लब पनि नेयमारका लागि पिएसजीसँग सम्पर्कमा रहेका छन्। प्रिमियर लिगका केहि क्लब नेयमार भित्र्याउन इच्छुक रहेको बताइन्छ।

प्रिमियर लिगमा निराशाजनक सिजन पछि क्लबको नयाँ प्रशिक्षकको रुपमा माउरिसियो पोचेटिनोलाई अनुबन्ध गरिसकेको छ। सन् २०२१-२२ को सिजनमा माउरिसियो पोचेटिनोले पिएसजीको जिम्मेवारी सम्हालेका थिए। त्यसबेला नेयमार र पोचेटिनोले संगै काम गरेका थिए। नेयमार भित्र्याउन माउरिसियो पोचेटिनोले अनुमति दिएपछि चेल्सी अगाडी बढेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *