June 14, 2024

एजेन्सी – बार्सिलोनाले यस समरमा लियोनल मेस्सीको पुनरागमनलाई सहज बनाउन तीन खेलाडी बेच्न खोजेको बताइएको छ। गम्भीर आर्थिक संकटमा रहेको बार्सिलोनाले मेस्सीलाई फिर्ता लैजान क्लबमा तीन खेलाडीहरुलाई बिक्री गर्ने योजना बनाएको हो।

बार्सिलोनाले बिक्री गर्न चाहेका खेलाडीहरुमा अन्सु फाती, फेरान टोरेस र फान्क केसी रहेका छन्। यी तीन खेलाडीलाई सक्दो छिटो बिक्री गर्ने योजना बार्सिलोनाले बनाएको एल चिरिन्गुइटो टिभीले रिपोर्ट गरेको छ। एल चिरिन्गुइटो टिभीका अनुसार तीनै खेलाडी बार्सिलोना छाड्ने भने तयार छैनन्।

तीनै खेलाडीले बार्सिलोनामै रहेर फुटबल खेल्न चाहेको बताइएको छ। यस्तोमा ट्रान्सफरका लागि खेलाडी फकाउन र नयाँ क्लब खोज्न बार्सिलोनालाई कठिन हुने देखिन्छ। मेस्सी भित्र्याउनको लागि बार्सिलोनाले केहि रकम खेलाडी बिक्रीबाट कमाउनु पर्नेछ र क्लबको पारिश्रमिक भारमा पनि कटौती गर्न पर्नेछ।

खेलाडी बिक्री गर्न र पारिश्रमिक कटौती गर्न बार्सिलोनालाई कम्तीमा जुलाई सम्मको समय आवश्य छ। तर मेस्सी भने लामो समय अन्योलमा रहने पक्षमा छैनन्। मेस्सी जति सक्दो छिटो आफ्नो भविष्य बारे निर्णय गर्ने पक्षमा छन्। मेस्सीले साउदी क्लब अल हिलाललाई केहि समय कुर्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *