June 25, 2024

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेल यस सिजनको च्याम्पियन्स लिग म्यानचेस्टर सिटीले जित्ने सम्भावना रहेको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा एम्बाप्पेले यस सिजन सिटीले च्याम्पियन्स लिग जित्ने सम्भावना रहेको बताएका हुन्।

एक अन्तर्वार्ताका क्रममा इन्टर मिलान र म्यानचेस्टर सिटी मध्ये कसले च्याम्पियन्स लिग जित्ला भनेर प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा एम्बाप्पेले सिटीले च्याम्पियन्स जित्ने सम्भावना रहेको जवाफ दिए।

इन्टर मिलान र सिटी बीचको खेल उत्कृष्ट हुने एम्बाप्पेले अनुमान गरे। एम्बाप्पेका अनुसार उनले च्याम्पियन्स लिग फाइनल हेर्नेछन्। उनले भने,”यो उत्कृष्ट खेल हुनेछ। म यो खेल पक्कै हेर्नेछु। मलाई लाग्छ सिटीले जित्नेछ।”

एम्बाप्पेले भने करियरमा च्याम्पियन्स लिग जित्न अझै बाँकी छ। विश्वकप जितिसकेका उनी अझै पिएसजीमा रहेर च्याम्पियन्स लिग जित्न खोजिरहेका छन्। यस सिजन पिएसजी च्याम्पियन्स लिगको अन्तिम १६ भन्दा अगाडी बढ्न सकेन। पिएसजी बायर्न म्युनिखसँग पराजित भएर च्याम्पियन्स लिगबाट बाहिरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *