June 17, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार फरवार्ड लिओनेल मेस्सी अमेरिकी क्लब इन्टर मायमी जाने भएका छन्। साउदी अरेबियाबाट आएको बम्पर अफरलाई रिजेक्ट गर्दै मेस्सी मियामी जाने निर्णयमा पुगेका हुन्। बार्सिलोना फर्किन कठिन हुने देखिएसंगै मेस्सीले अमेरिका जाने निर्णय गरेको बुझिएको छ।

मेस्सीलाई साउदी क्लब अल हिलालले मेगा कन्ट्रयाक्ट अफर गरेको थियो। पहिला प्रतिसिजन ४ सय मिलियन युरो पारिश्रमिक सहितको सम्झौता अफर गरेको अल हिलाल मेस्सीलाई ५ सय मिलियन युरो भन्दा बढी पारिश्रमिक दिन तयार थियो। दुई वर्षे सम्झौताका लागि उसले १ बिलियन युरो पारिश्रमिक दिने प्रस्ताव पठाएपनि मेस्सीले त्यसलाई रिजेक्ट गरिदिए।

त्यति धेरै पारिश्रमिक रिजेक्ट गर्ने मेस्सीको निर्णयले सबैलाई छक्क पारेको छ। मेस्सीलाई भएको सो अफर पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले पाँच वर्षमा पाउने पारिश्रमिक बराबर थियो। रोनाल्डोले साउदी क्लब अल नासरमा वार्षिक २ सय मिलियन युरो भन्दा बढी पारिश्रमिक पाउँदै आएका छन्। हालको अवस्थामा रोनाल्डो विश्वकै सबै भन्दा बढी पारिश्रमिक पाउने खेलाडी हुन्।

पारिश्रमिकको मामलामा रोनाल्डोलाई पछि पार्ने अवसर पाएपनि मेस्सीले सो अवसरलाई हातबाट उम्किन दिए। मेस्सीले मियामीमा कति पारिश्रमिक पाउँछन् भन्ने जानकारी भने बाहिर आइसकेको छैन। यधपी मायमीले एडिडास र एप्पलसँग प्रायोजन सम्झौताको केहि हिस्सा दिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *