June 17, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले बार्सिलोना नगई अमेरिका जाने निर्णय गरिसकेका छन्। पेरिस सेन्ट जर्मेन(पिएसजी)सँगको सम्झौता सकिएपछि बार्सिलोना जाने चर्चा भएपनि मेस्सीले अमेरिकी क्लब इन्टर मियामी जाने निर्णय गरेका हुन्।

बार्सिलोनाले मेस्सीलाई फिर्ता लैजान प्रयास गरेपनि सफल भने हुन सकेन। बार्सिलोना गएको केहि वर्ष देखि चरम आर्थिक संकटसँग जुधिरहेको छ र मेस्सीको बार्सिलोना फिर्तिमा पनि आर्थिक संकट नै बाधक बन्न पुग्यो। मेस्सीलाई फिर्ता लैजानको लागि बार्सिलोनाले क्लबमा धेरै परिवर्तन गर्न पर्ने थियो।

मेस्सी फिर्ता लैजान बार्सिलोनाले केहि खेलाडी बिक्री गर्नुपर्ने र केहि खेलाडीको पारिश्रमिक घटाउनुपर्ने अवस्था थियो। सोहि कारणले गर्दा मेस्सी बार्सिलोना नगएको स्पष्ट भएको छ। इन्टर मियामी जाने निर्णय गरेपछि एक अन्तर्वार्ताका क्रममा मेस्सीले सो कुरा स्पष्ट पारेका हुन्।

बार्सिलोनाले केहि खेलाडी बिक्री गर्नुपर्ने र केहिको पारिश्रमिक घटाउनुपर्ने अवस्था रहेको कारण आफूले बार्सिलोना नजाने निर्णय गरेको मेस्सीले बताए। खेलाडी बिक्री र तलब कटौतीको कारक नबन्नको लागि आफूले इन्टर मियामी जाने निर्णय गरेको मेस्सीको भनाई छ।

मेस्सीले भने,”म आफ्नो बारेमा, मेरो परिवारको बारेमा सोच्दै, आफ्नै निर्णय गर्न चाहन्थें। यद्यपि मैले यो सुनेको छु कि ला लिगाले सबै कुरा स्वीकार गरेको छ। तर उनीहरूले खेलाडीहरू बेच्न वा खेलाडीको पारिश्रमिक कटौती गर्न पर्ने अवस्था रहेको बताइन्छ। म त्यसको दोष लिन चाहन्न। म त्यहाँ भएका खेलाडीहरुको भविष्यलाई प्रभावित पर्न चाहन्न।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *