June 16, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबर अनुसार अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको नयाँ क्लब इन्टर मियामी मेस्सीका नजिकका मित्र भित्र्याउने दौडमा देखिएको छ। इन्टर मियामीको नजर मेस्सी पछि अब उनका राष्ट्रिय टोलीका सहकर्मी एन्जेल डि मारिया माथि परेको हो।

मेस्सीले मियामी जाने निर्णय गरिसकेका छन् र उनको निर्णय बुधबार मात्रै बाहिर आएको हो। युरोप, साउदीका क्लबहरुबाट आएका प्रस्तावहरुलाई अस्विकार गर्दै मेस्सीले अमेरिका जाने निर्णय गरिसकेका छन्। मियामी जनाए निर्णय गर्दा मेस्सील बार्सिलोना र साउदी क्लब अल हिलालको प्रस्तावलाई अस्विकार गरे।

मेस्सीका लागि अल हिलाल ५ सय मिलियन युरो सम्म पारिश्रमिक दिन तयार थियो। तर मेस्सीले साउदी भन्दा पनि अमेरिका जाने निर्णय गरे। पछिल्लो खबरका अनुसार मेस्सी मात्र नभई अर्जेन्टिनी स्टार डि मारिया पनि मियामी पुग्न सक्नेछन्।

इटालियन क्लब युभेन्टससँगको सम्झौता सकिएसंगै फ्री एजेन्ट हुने मारियालाई मियामीले भित्र्याउन चाहेको ट्रान्सफर गुरु फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्। उनका अनुसार मियामीले मारियालाई फ्री ट्रान्सफरमा भित्र्याउन चाहेको छ।

डी मारियेला यति बेला युरोपमै बस्ने कि अमेरिका जाने भन्ने बारे सोची रहेका छन्। मेस्सीसंगै खेलको लागि उनले अमेरिका जाने निर्णय गर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *