June 25, 2024

एजेन्सी – फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले पेरिस सेन्ट जर्मेन(पिएसजी)को प्रस्ताव एक पटक पुनः रिजेक्ट गरेका छन्। विभिन्न फ्रेन्च मिडियाहरुका अनुसार नयाँ सिजनको लागि क्लबको जिम्मेवारी सम्हाल्न पिएसजीले गरेको प्रस्तावलाई जिदानले एक पटक पुनः रिजेक्ट गरेका हुन्।

पिएसजीले लिग वान उपाधि जितेपनि च्याम्पियन्स लिगमा यस सिजन पनि खास केहि गर्न सकेनन्। जसकारण उनीहरु क्रिस्टोफ गाल्टियरको स्थानमा नयाँ प्रशिक्षक ल्याउन चाहन्छन्। पिएसजीले क्रिस्टोफ गाल्टियरको स्थानमा जिदानलाई भित्र्याउने योजना बनाएको थियो। तर जिदानले पिएसजीको प्रस्ताव एक पटक पुनः अस्विकार गरिदिएको फ्रेन्च मिडियाहरुले जनाएका छन्।

ले पेरिसियनको एक रिपोर्टले दावी गरेको छ कि जिदान पिएसजीको शिर्ष प्राथमिकता थिए। यद्यपि, रियल म्याड्रिडका पूर्व प्रबन्धकले गत वर्ष जस्तै यस पटक पनि पिएसजीको प्रस्ताव अस्विकार गरेका छन्। जिदानले प्रस्ताव अस्विकार गरेसंगै पिएसजी अन्य विकल्पहरु तर्फ अगाडी बढेको छ।

जिदान सन् २०२१ देखि खालि छन्। रियल म्याड्रिड छाडे यता उनले कुनै पनि टोलीको जिम्मेवारी सम्हालेका छैनन्। जिदान फ्रान्सेली राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न चाहन्थे। तर सो पदमा पूरानै प्रशिक्षक रहने पक्का भएको छ। यस्तोमा उनले अब नयाँ टोलीको जिम्मेवारी सम्हाल्न सक्ने अनुमान गरिन्छ। तर जिदानले अहिले सम्म कुनै पनि टोलीको प्रस्ताव स्वीकार गरिरहेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *