June 17, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले अन्ततः च्याम्पियन्स लिग उपाधिमा खाता खोल्न सफल भएको छ। कयौं पटक प्रिमियर लिग उपाधि जितिसकेको सिटीले अन्ततः पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो।

शनिबार राति भएको खेलमा सिटीले इटालियन क्लब इन्टर मिलानलाई १-० को गोल अन्तरले परजित गर्यो। सो जितसंगै सिटी पहिलो पटक च्याम्पियन्स लिग उपाधि विजेता बन्न सफल भयो। टर्कीको इस्तानबुलस्थित एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार राति भएको खेलमा रोड्रीले गरेको गोलले च्याम्पियन बनायो।

सिटीले खेलभर बलमा बढी नियन्त्रण राखेको थियो। सिटीले बलमा ५६ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभा सिटीको तर्फबाट मात्र ७ प्रहार भएका थिए। जसमध्ये ४ प्रहार टार्गेटमा थिए। इन्टरले भने खेलभर कुल १४ प्रहार गरेको थियो। त्यसमध्ये ६ प्रहार टार्गेटमा भएपनि एक प्रहार पनि गोलमा परिणत गराउन सकेन।

अहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न सकेका थिएनन्। तर खेलको ६८ औं मिनेटमा रोड्रीले सिटीलाई अग्रता दिलाउन सफल भए। सिटीले अग्रता लिएपछि इन्टरले बराबरीका कयौं अवसर पाएपनि सफलता भने पाउन सकेन। इन्टरलाई हराएसंगै सिटीको ट्रेबल पनि पूरा भयो।

यस अगाडी प्रिमियर लिग र एफए कप जितेको सिटीले च्याम्पियन्स लिग पनि जितेसंगै ट्रेबल पूरा भएको हो। म्यानचेस्टर सिटी ट्रेबल पूरा गर्ने दोस्रो इंगलिस क्लब बनेको छ। यस भन्दा अगाडी म्यानचेस्टर सिटीले ट्रेबल जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *