June 16, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालाण्डले प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशंसा गर्दै उनलाई विश्वकै उत्कृष्ट प्रशिक्षकको संज्ञा दिएका छन्। च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई पराजित गर्दै ट्रेबल पूरा गरेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा हालाण्डले ग्वार्डिओला विश्वकै उत्कृष्ट प्रशिक्षक रहेको बताएका हुन्।

सिटीले च्याम्पियन्स लिगको फाइनलमा इन्टरमाथि जित हासिल गरेपछि मिडियासँग नर्वेली युवा स्टार हालाण्डले गार्डियोलासँग काम गर्दाको अनुभव र रणनीतिकारसँगको आफ्नो सम्बन्धबारे कुराकानी गरे।

त्यसक्रममा उनले ग्वार्डिओलासँग काम गर्न पाउनु विशेष रहेको बताए। प्रशिक्षकसँग आफ्नो धेरै राम्रो सम्बन्ध रहेको र उनले आफूलाई धेरै मद्दत गरेको हालाण्डको भनाई छ। ग्वार्डिओला अन्तर्गत खेल्दै आफू थप अगाडी बढ्नेमा ढुक्क रहेको हालाण्डले बताए।

“पेपसँग काम गर्न पाउनु साँच्चै विशेष अवसर हो। हामीबीच राम्रो सम्बन्ध छ र उनीबाट निरन्तर मद्दत मिलिरहेको छ। म अझै अगाडी बढ्न तत्पर छु। मसँग धेरै वर्षहरू बाँकी छन्। विश्वकै उत्कृष्ट प्रशिक्षकबाट सिक्न, प्रशिक्षित हुन पाउनु यो एकदमै राम्रो अवसर हो।”,हालाण्डले भने।

हालान्डले फाइनलमा गोल गर्न सकेनन् तर मिडफिल्डर रोड्रिको दोस्रो हाफको स्ट्राइक सिटीलाई इन्टर विरुद्धको खेल जिताउन पर्याप्त थिए। फाइनलमा गोल गर्न नसकेपनि हालाण्ड च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता रहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *