June 17, 2024

एजेन्सी – पछिल्ला रिपोर्टहरुका अनुसार ब्राजिलियन स्टार नेयमारले पेरिस सेन्ट जर्मेन(पिएसजी)का लागि अन्तिम खेल खेलिसकेका छन्। किनभने समर ट्रान्सफर विन्डोमा उनी नयाँ क्लबमा पुग्नेछन्।

पिएसजीले नेयमारलाई समर ट्रान्सफर विन्डोको बिक्री सूचीमा राख्ने योजना बनाएको र नेयमारले पनि नयाँ चुनौतीका लागि नयाँ क्लबमा जान चाहेको रिपोर्ट गरिन्छ। दुवै पक्ष एक अर्काबाट छुट्टिने योजनामा रहेका कारण नेयमारको ट्रान्सफर हुने ट्रान्सफर मार्केटका जानकारहरुको दावी छ।

नेयमारलाई प्रिमियर लिग क्लबहरुले भित्र्याउन चासो देखाएका छन्। नेयमार माथि म्यानचेस्टर युनाइटेड, चेल्सी र न्यूक्यासलको नजर रहेको बताइन्छ। चेल्सीले त नेयमारका लागि पिएसजीसँग आधिकारिक वार्ता पनि सुरु गरिसकेको खबरहरु आएका छन्।

यसैबीच नेयमार भित्र्याउने दौडमा अर्को एक सरप्राइज क्लबको पनि इन्ट्री भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार नेयमार भित्र्याउने दौडमा साउदी अरेबियन क्लब अल हिलालको पनि इन्ट्री भएको हो।

अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले चक्मा दिएपछि अल हिलालको ध्यान नेयमार तर्फ मोडिएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। अल हिलाल नेयमारलाई उच्च पारिश्रमिक दिन तयार रहेको बताइएको छ। खेलाडीसँग पहिला सम्पर्क गरेर पछि पिएसजीसँग छलफल गर्ने अल हिलालको योजना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *