June 22, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस फरवार्ड अन्सु फातीलाई समर ट्रान्सफर विन्डोमा बिक्री गर्न जोड दिरहेको छ। बार्सिलोनाले आर्थिक संकटका कारण फातीलाई बिक्री गर्ने योजना बनाएको हो।

बार्सिलोनाले फातीलाई बिक्रीको सूचीमा राखिसकेको विभिन्न स्पेनिस मिडियाहरुले जनाएका छन्। फातीलाई बिक्री गर्नको लागि बार्साका प्रशिक्षक जाभीले समेत अनुमति दिसकेको बताइन्छ। जाभी फातीलाई अहिले बिक्री गर्न तयार भएपनि पछि फिर्ता ल्याउनुपर्छ भन्ने पक्षमा रहेको स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले जनाएको छ।

क्लबले बिक्री गर्ने योजना बनाएपनि फाती भने बार्सिलोनामै रहने पक्षमा छन्। बार्सिलोनामै रहेर खेल्न मौका पाउन प्रतिष्पर्धा गर्ने योजनामा रहेको मुन्डो डिपोर्टिभोले जनाएको छ। फातीलाई अहिले बिक्री गरेर उनको सम्झौतामा बार्सिलोना फिर्ता हुने विशेष क्लज राख्न जाभीले क्लबलाई सुझाव दिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *