June 25, 2024

PSG's Neymar celebrates after scoring his side's second goal during the French League One soccer match between Paris Saint-Germain and Lille at the Parc des Princes stadium, in Paris, France, Sunday, Feb. 19, 2023. (AP Photo/Christophe Ena)

एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार ब्राजिलियन स्टार नेयमार पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने निर्णयमा पुगिसकेका छन्। पिएसजी क्लबका अधिकारी र समर्थकहरुको रवैयाका कारण नेयमारले पिएसजी छाडेर नयाँ अध्याय सुरु गर्ने निर्णय गरेका हुन्।

सबै कुराले संकेत गर्दछ कि पेरिस सेन्ट-जर्मेन अर्को सिजनको लागि नेयमार जुनियरको सेवाहरूमा भरोसा गर्न चाहँदैन र उनलाई सक्दो छिटो बिक्री गर्न चाहन्छ। नेयमार पनि क्लब छाड्न तयार रहेको स्पष्ट भएसंगै पिएसजीले उनका लागि नयाँ क्लबको खोजि गरिरहेको छ।

नेयमारलाई प्रिमियर लिगका म्यानचेस्टर युनाइटेड, न्यूक्यासल युनाइटेड र चेल्सीले भित्र्याउन चाहेका छन्। नेयमारका लागि म्यानचेस्टर सिटी पनि एक उत्तम विकल्प हुन सक्ने चर्चा हुँदै आएको छ। बेलायती मिडियाहरुका अनुसार नेयमार पनि प्रिमियर लिग जान तयार छन्।

नेयमारले प्रिमियर लिगलाई आफ्नो गन्तव्यको रुपमा स्वीकार गरिसकेको र चित्त बुझ्दो प्रस्ताव आएको खण्डमा त्यतै जाने मन बनाएको बताइन्छ। यस्तै नेयमारलाई साउदी क्लब अल हिलालले पनि भित्र्याउन चाहेको छ। यी सबै अवस्थालाई ध्यान दिने हो भने नेयमारको बहिर्गमन लगभग पक्का छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *