June 14, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार केलियन एमबाप्पेले हालै क्लबमा आफ्नो भविष्य अनिश्चित भएकाले लेस पेरिसियन्ससँगको सम्झौता नवीकरण नगर्ने घोषणा गरेका छन्। एम्बाप्पेको सो निर्णयसंगै पिएसजीको ट्रान्सफर योजनामा परिवर्तन हुने भएको छ।

विभिन्न खेल मिडियाहरुका अनुसार एम्बाप्पेको निर्णयसंगै पिएसजीले ट्रान्सफर योजनामा परिवर्तन गर्ने भएको हो। एम्बाप्पेले सम्झौता थप नगर्ने भएसंगै पिएसजीले उनलाई यहि ट्रान्सफर विन्डोमा बिक्री गरेर अर्कै खेलाडी भित्र्याउने भएको छ।

पिएसजीले एम्बाप्पेको स्थानमा प्रिमियर लिग स्टार ह्यारी केनलाई भित्र्याउने योजना बनाएको छ। पिएसजीले एम्बाप्पेलाई बिक्री गरेर केनलाई भित्र्याउने योजना बनाएको र सो योजना तर्फ पिएसजी अगाडी बढिसकेको फुट मर्काटोले जनाएको छ।

ह्यारी केनको टोलीले सम्भावित स्थानान्तरणको बारेमा छलफल गर्न पिएसजीका अधिकारीहरुलाई भेट गरेको बताइएको छ। दुई पक्ष बीच केनको सम्बन्धमा विस्तृत छलफल भएको फुट मर्काटोको दावी छ।

ह्यारी केनले टोटनह्याम हटस्परका लागि २०२२-२३ सिजन सनसनीपूर्ण खेलेका थिए। उनले यस सिजन ३२ गोल गरे र ४९ खेलहरूमा पाँच सहयोगहरू प्रदान गरे। यसले प्रमाणित गर्दछ कि उनी २९ वर्षको उमेरमा पनि अझै विश्वका उत्कृष्ट फरवार्डहरू मध्ये एक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *