June 14, 2024

एजेन्सी – विश्वअप विजेता अर्जेन्टिना आज एक्सनमा उत्रँदैछ। अर्जेन्टिनी आज मैत्रीपूर्ण खेलमा अष्ट्रेलिया विरुद्ध एक्सनमा उत्रन लागेको हो। अर्जेन्टिना र अष्ट्रेलिया बीचको खेल नेपाली समय अनुसार बेलुकी ५ बजेर ४५ मिनेटमा सुरु हुनेछ। खेल चीनमा हुने तय भएको छ।

दुई देश यस अगाडी विश्वकपमा आमने-सामने भएका थिए। डिसेम्बर २०२२ मा फिफा विश्वकपमा राउन्ड अफ १६ मा भेट हुँदै अर्जेन्टिना विजयी भएको थियो। सो खेलमा मेस्सी र जुलियन अल्भारेजको गोलमा अर्जेन्टिना २-१ को गोल अन्तरले विजयी भएको थियो।

विश्वकप पछि अर्जेन्टिनाले मार्च २०२३ मा पानामा (२-०) र कुराकाओ (७-०) लाई पराजित गरिसकेको छ। अर्जेन्टिनी कप्तान मेस्सीले दुवै खेलमा गोल गर्न सफल भएका थिए। मेस्सीले अष्ट्रेलिया विरुद्ध खेल्ने उच्च सम्भावना छ।

अष्ट्रेलिया विरुद्धको खेल मेस्सीका लागि १ सय ७५ औं क्याप हुनेछ। मेस्सीले अर्जेन्टिनाका लागि अहिले सम्म १ सय २ गोल गरिसकेका छन्। सो गोलसंख्यालाई अझ बढाउन मेस्सीका लागि आजको खेल एक अवसरको रुपमा हुनेछ।

म्यान युनाइटेडका लिसान्ड्रो मार्टिनेज चोटका कारण अर्जेन्टिनाबाट बाहिरिएका छन् भने प्रशिक्षक स्कालोनीले पापु गोमेज, पाउलो डिबाला, लाउटारो मार्टिनेज र एन्जेल कोरिया जस्ता खेलाडीलाई टोलीबाट बाहिर राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *