June 22, 2024

एजेन्सी – गत सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन(पिएसजी) र फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे बीचको सम्झौता सकिनेक्रममा थियो। सिजनभर पिएसजीले एम्बाप्पेलाई सम्झौता थप गर्न फकाइरह्यो। तर धेरै पटक एम्बाप्पेले पिएसजीको प्रस्ताव अस्विकार गरे।

त्यसबेला उनले स्पेनिस क्लब रियल म्याड्रिडलाई बचन दिसकेका थिए। एम्बाप्पेले रियललाई आफू रियल आउन तयार रहेको र ट्रान्सफरका लागि तयार रहन भनेको खबरहरु त्यसबेला निरन्तर आएका थिए। तर सिजनको लगभग अन्त्यमा एम्बाप्पेले एकाएक आफ्नो निर्णय बदले र पिएसजीमै रहने निर्णय गरे।

एम्बाप्पेले त्यसपछि पिएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए। त्यसमा एक वर्ष थप गर्ने विकल्प पनि थियो। एम्बाप्पेले एकाएक निर्णय बदलेपछि रियल म्याड्रिड समर्थक सँग-संगै खेलाडी र रियल अधिकारीहरु पनि एम्बाप्पेसँग रुष्ट भए। एम्बाप्पेको निर्णयपछि रियल अध्यक्ष फ्लोरेन्टिनो पेरेज बढी क्रोधित भएको बताइएको छ।

यसैबीच अहिले आएर यो खुलासा भएको छ कि पिएसजीमै रहने निर्णयपछि एम्बाप्पेले फ्लोरेन्टिनो पेरेजलाई सम्पर्क गरेर माफी नै मागेका थिए। ट्रान्सफर बजार विशेषज्ञ फाब्रिजियो रोमानोले हालसालै यो खुलासा गरेका हुन्।

रोमानोका अनुसार रियल म्याड्रिड नजाने र पिएसजीमै निर्णय गरेपछि एम्बाप्पेले आफ्नो अवस्था बारे पेरेजलाई स्पष्ट परेका थिए र त्यसबेला नै एम्बाप्पेले माफी मागेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *