June 14, 2024

एजेन्सी – विश्वविजेता अर्जेन्टिनाले अष्ट्रेलियालाई सहजै पराजित गरेको छ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले अष्ट्रेलिया विरुद्ध सहज जित निकाल्न सफल भएको हो। चीनमा भएको खेलमा अर्जेन्टिनाले २-० को गोल अन्तरले अष्ट्रेलियालाई पराजित गर्यो।

चीनको राजधानी बेइजिङमा भएको खेलमा अर्जेन्टिनाले बलमा राम्रो नियन्त्रण राखेर अष्ट्रेलिया विरुद्ध सठीक आक्रमण गरेको थियो। अर्जेन्टिनाले बलमा ५६ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर अर्जेन्टिनाको तर्फबाट कुल ११ प्रहार भएका थिए।

११ प्रहार मध्ये ५ प्रहार टार्गेटमा थिए भने त्यसमध्ये २ प्रहार गोलमा परिणत भएका थिए। विपक्षी टोलीबाट भने खेलभर ७ प्रहार भएका थिए। त्यसमध्ये १ प्रहार टार्गेटमा भएपनि गोलमा भने परिणत हुन सकेन।

अर्जेन्टिनाले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरेको थियो। खेल सुरु भएको दोस्रो मिनेटमा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले अग्रता दिलाएका थिए। मेस्सीले एन्जो फर्नान्डेजको पासमा दोस्रो मिनेटमै गोल गरेका हुन्।

त्यस्तै अर्जेन्टिनाका लागि दोस्रो गोल भने जर्मन पेजेलाले गरेका हुन्। खेलको ६८ औं मिनेटमा उनले अर्जेन्टिनाका लागि दोस्रो गोल गरेका थिए। उनले रोड्रिगो डे पाउलको पासमा गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *