June 14, 2024

एजेन्सी – कतार विश्वकपको उपविजेता फ्रान्सले युरो छनोटमा सानदार जित निकालेको छ। युरो २०२४ छनोट अन्तर्गत जिब्राल्टार विरुद्ध भएको खेलमा फ्रान्सले सानदार जित निकाल्न सफल भएको हो।

शुक्रबार राति पोर्चुगलमा भएको खेलमा फ्रान्सले जिब्राल्टार विरुद्ध ३-० को गोल अन्तरको जित निकाल्न सफल भयो। पोर्चुगलको जीतमा ओलिभर जिरुड र किलियन एमबाप्पेले गोल गर्दा एक गोल भने फ्रान्सले उपहार पाएको थियो।

फ्रान्सले खेलको सुरुवात देखि बलमा राम्रो पकड बनाएको थियो। खेलभर बलमा फ्रान्सको ८२ प्रतिशत नियन्त्रण थियो। खेलभर फ्रान्सको तर्फबाट कुल ३१ प्रहार भएका थिए। जसमध्ये ९ प्रहार टार्गेटमा थिए।

खेलको तेस्रो मिनेटमा नै ओलिभ जिरुडले फ्रान्सलाई अग्रता दिलाएका थिए। उनले किङ्सले कोमानको पासमा गोल गर्न सफल भएका हुन्। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा फ्रान्सले अग्रता दोब्बर पर्यो।

सो गोल एम्बाप्पेले पेनाल्टीमा गरेका थिए। रोएचिपोलिनाले पेनाल्टी बक्समा हातले बल छुन पुगेपछि रेफ्रीले भिएआरको सहायतामा फ्रान्सलाई पेनाल्टीको अवसर दिएका थिए। सो अवसरलाई एम्बाप्पेले खेर जान दिएनन्। त्यस्तै खेलको ७८औं मिनेटमा एमेन मोउलेहीले आत्मघाती गोल गर्दा खेल फ्रान्सले ३-० को सहज गोल अन्तरले जित्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *