June 25, 2024

काठमाडौँ – आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि नेपालको राष्ट्रिय क्रिकेट टोली आइतबार एक्सनमा उत्रँदैछ। विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावे विरुद्ध एक्सनमा उत्रन लागेको हो।

नेपाल र जिम्बावेबीचको खेल आइतबार हरारे स्पोर्ट्स क्लबमा हुनेछ। खेल नेपाली समय अनुसार दिउँसो १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ। जिम्बावे विरुद्धको खेल नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्धको ओडिआई खेल हुनेछ।

नेपालले अहिले सम्म कुनै पनि टेस्ट राष्ट्रको सामना गरेको छैन। नेपालले अहिले सम्म एसोसिएट टोलीविरुद्ध मात्र ओडिआई खेलेको छ। कुल ५१ ओडिआई खेल मध्ये नेपालले सर्वाधिक धेरै युएईसँग १४ खेल खेलेको छ।

नेपालले खेलेका ५१ ओडिआई मध्ये २८ मा जित निकाल्दा २१ खेलमा हार बेहोरेको छ। नेपालले टि२० आईमा भने टेस्ट टोलीसँग खेलेपनि ओडिआईमा भने खेलेको छैन। नेपालले टि२० आईमा टेस्ट टोली जिम्बावे, आयरल्यान्ड र बंगलोदशसँग खेल्ने अवसर पाएको थियो।

नेपालको समूहमा जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन्। त्यस्तै अर्को समूहमा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन्। नेपाल जिम्बावे विरुद्धको पहिलो ओडिआई खेलमा चक्मा दिने दाउमा हुनेछ। ओडिआई मान्यता प्राप्त गरेपछिकै ठूलो जित निकाल्ने अवसर नेपालसँग आइतबार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *