June 14, 2024

एजेन्सी – चारपटकको विश्वकप विजेता जर्मनीलाई पोल्याण्डले चक्मा दिएको छ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोल्याण्डले जर्मनीले शुक्रबार राति पराजित गरेको हो। खेलमा जर्मनीले बढी दबाब शिर्जना गरेपनि पोल्याण्डले चक्मा दिँदै १-० को जित निकाल्न सफल भएको हो।

पोल्यान्डमा शुक्रबार राति भएको खेलमा बलमा ७६ प्रतिशत नियन्त्रण राखेपनि जर्मनीले जित निकाल्न सकेन। खेलभर जर्मनीको तर्फबाट कुल २६ प्रहार भएका थिए। त्यसमध्ये ९ प्रहार टार्गेटमा थिए। तर एक प्रहार पनि गोलमा परिणत हुन नसक्द जर्मनी पराजित हुन पुग्यो।

पोल्याण्डले भने खेलभर मात्रै २ प्रहार गरेको थियो। जसमध्ये १ प्रहार टार्गेटमा थियो र सो प्रहार नै गोलमा परिणत भएको थियो। पोल्यान्डको जितमा पहिलो हाफमा ज्याकव किविओरले गरेको गोल नै निर्णायक बन्न पुग्यो। उनले ३१औं मिनेटमा सेवास्टिएनको पासमा हेडरमार्फत गोल गरेका थिए।

५८औं मिनेटमा जर्मनीले पेनाल्टीको अवसर पाएको थियो। तर सो अवसर भिएआरले खोसिदिएको थियो। त्यसपछि निरन्तर गोलको प्रयास गरेपनि पोल्याण्डका गोलरक्षक बाधक बने।

जर्मनी पछिल्लो समय कम्जोर देखिँदै गएको छ। विश्वकपको समूहचरण बाटै बाहिरिएको जर्मनी मार्च देखि जित बिहिन छ। गत मार्चमा मैत्रीपुर्ण खेलमै पेरुलाई २–० ले पराजित गरेयताका तीन खेलमा उसले एक जित पनि निकाल्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *