June 16, 2024

काठमाडौँ – आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले सानदार ओपनिङ गरेको छ। हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले जिम्बावे विरुद्ध सानदार ओपनिङ गर्न सफल भएको हो।

नेपालले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गर्न सफल भएको छ। नेपालले विनाविकेटको क्षतिमा ११५ रन बनाएसँगै नेपालले एकदिवसीय खेलमा अहिलेसम्मकै ठूलो साझेदारीको रेकर्ड बनाएको हो।

अहिले सम्म नेपाल यो भन्दा ठूलो साझेदारी कहिल्यै पनि गरेको थिएन। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले २६ ओभर चाडै गर्दा रेकर्ड बनाएका।

यसअघि नेपालको पहिलो विकेटको लागि ११४ रनको साझेदारी गरेको थियो। कुशल र आसिफले नै ओमानविरुद्ध सन् २०२२ १ सय १४ रनको साझेदारी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *