June 25, 2024

HARARE, ZIMBABWE - JUNE 18: Aasif Sheikh and Kushal Bhurtel bump gloves as they prepare to bat prior to the ICC Men's Cricket World Cup Qualifier Zimbabwe 2023 match between Zimbabwe and Nepal at Harare Sports Club on June 18, 2023 in Harare, Zimbabwe. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

काठमाडौँ – नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा रेकर्ड बनाएका छन्। पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध खेल्नेक्रममा भुर्तेल र शेखको ओपनिङ जोडीले रेकर्ड बनाएको हो।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि भुर्तेल र शेखले सानदार ओपनिङ गरे। नेपाललाई पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ३१.५ ओभरमा १ सय ७१ रनको सानदार साझेदारी गरे।

यो नेपालबाट ओडिआईमा भएको सबै भन्दा ठूलो साझेदारी हो। यस भन्दा अगाडी यति ठूलो साझेदारी कहिले पनि भएको थिएन। सबै भन्दा ठूलो साझेदारीको रेकर्ड बनाउनेक्रममा भुर्तेल र शेखको जोडीले ज्ञानेन्द्र मल्ल र आसिफ शेखको रेकर्ड तोड्यो।

गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गर्न सफल भएका थिए। तर जिम्बावे विरुद्ध सो रेकर्ड तोडियो। भुर्तेल स्पिनर वेलिंग्टन मसाकाद्जाको ३२ औं ओभरको पाँचौं बलमा बोल्ड भएका थिए।

उनी योर्कर बलमा बोल्ड भएपछि करिअरको दोस्रो शतक गर्न मात्र एक रनले चुके। कुशल ९५ बलमा १३ चौका र २ छक्कासहित ९९ रन बनाएर आउट हुन पुगेका थिए। आसिफ शेख १ सय बलमा ७ चौकासहित ६६ रनमा आउट हुन पुगे। मसाकाड्जाको बलमा ठूलो सट खेल्ने क्रममा उनी क्याच आउट भएका थिए।

नेपालको बलियो लक्ष्य

नेपालले जिम्बावेलाई बलियो लक्ष्य दिएको छ। पूरा ५० ओभर खेल्दै नेपालले जिम्बावेलाई २ सय ९१ रनको बलियो लक्ष्य दिएको हो। नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनायो।

नेपालका ओपनर कुशल भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्कासहित सर्वाधिक ९९ रन बनाए। र्का ओपनर आसिफ शेख १ सय बलमा ७ चौकासहित ६६ रन बनाए। कुशल मल्ल ४२ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए। कप्तान रोहित पौडेल २९ बलमा ५ चौकासहित ३१ रन आउट हुन पुगे।

भीम सार्कीले खाता खोल्न नसक्दा गुलशन झा १३, दीपेन्द्रसिंह ऐरी ६र आरिफ शेख १० रनमा आउट भए। त्यस्तै करण केसी २ रनमा नट आउट रहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *