June 25, 2024

एजेन्सी – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको ओडिआई क्रिकेट विकेट स्ट्रिकमा ब्रेक लागेको छ। ओडिआई क्रिकेटमा लामिछानेको ३३ खेल देखिको विकेट स्ट्रिकमा आइतबार ब्रेक लागेको हो।

लामिछाने आइतबार ओडिआई क्रिकेटमा लगातार ३३ इनिङ पछि विकेट विहीन बन्न पुगे। आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत जिम्बावेविरुद्ध एक विकेट पनि लिन नसकेसँगै ३३ खेल देखि निरन्तर विकेटको लय भंग भयो।

जिम्बावे भन्दा अगाडीका ३३ खेलमा लामिछानेले निरन्तर विकेट लिएका थिए। जिम्बावेविरुद्ध सन्दीपले १० ओभरमा ७७ रन गरेपनि एक विकेट निकाल्न सकेनन्। सन्दीप ओडिआईमा सर्वाधिक धेरै ३३ इनिङमा लगातार विकेट लिने पहिलो खेलाडी रहेका छन्।

अहिले सम्म लगातार यति धेरै खेलमा कुनै पनि खेलाडीले विकेट लिन सकेका छैनन्। सन्दीप पछि धेरै खेलमा लगातार विकेट लिने खेलाडीको रुपमा अष्ट्रेलियाका पूर्व तीव्र गतिका बलर ब्रेट रहेका छन्। उनले लगातार २६ खेलमा विकेट लिएका थिए।

यस भन्दा अगाडी सन्दीप सन् २०२० फेब्रुअरी ९ मा ओमानविरुद्ध टियु मैदानमा विकेट विहीन भएका थिए। सो खेलमा सन्दीपले १० ओभरमा ६५ रन खर्च गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *