July 26, 2024

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी)को पछिल्लो वरियतामा टि-२० क्रिकेट तर्फको बलिङ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडी अटाएका छन्।

अमेरिकामा सम्पन्न टि-२० विश्वकप पश्चात आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा टि-२० क्रिकेट तर्फको बलिङ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडी अटाएका हुन्।

आइसीसीले जुलाई २ मा सार्वजनिक गरेको पछिल्लो वरियतामा टि-२० क्रिकेट तर्फको बलिङ वरियतामा अटाउने नेपाली खेलाडीहरुमा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरी छन्।

कामी वरियताको ९२ औं स्थानमा छन् भने ऐरी ९७ औं स्थानमा छन्। कामी पछिल्लो वरियताबाट एक स्थान तल झरेर ९२ औं स्थानमा आइपुगेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *