June 16, 2024

काठमाडौँ – आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले सानदार प्रदर्शन गरिरहेको छ। जिम्बावेको ताकशिंगा स्पोट्र्स क्लबमा टस जितेर बलिङ रोजेको नेपालले सानदार सुरुवात गरेको हो।

नेपालले अमेरिकालाई सुरुवातमै निरन्तर झड्का दिएको छ। नेपालका कारण केसीले उत्कृष्ट बलिङ गर्दा नेपालले चार विकेट लिसकेको छ। सबै विकेट केसीले लिएका हुन्।

केसीले ७ ओभर बलिङ गर्दा मात्र ८ रन खर्चिएर ४ विकेट लिँदा ३ मेडन राखेका छन्। करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई आउट गरे। टेलर एलबीडब्लू आउट भएका हुन्।

लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्लालाई केसीले शुन्यमा आउट गर्न सफल भए। उनी आरिफ शेखबाट फस्ट स्लिपमा क्याच आउट हुन पुगेका थिए। रण केसीको आठौं ओभरको दोस्रो बलमा अमेरिका कप्तान आरोन जोन्स क्याच आउट भए।

करणले दशौं ओभरको दोस्रो बलमा नोष्तुश केन्जिगेलाई आउट गरे। उनी आरिफ शेखबाट क्याच आउट भएका थिए। अहिले अमेरिका १६ ओभरको समाप्तिसंगै ४ विकेट गुमाएर ४४ रनमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *