June 14, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का ब्राजिलियन स्टार नेयमारले यू-टर्न लिने भएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार समर ट्रान्सफर विन्डोमा पिएसजी छाड्ने सोचमा रहेका नेयमारले एकाएक यू-टर्न लिने भएका हुन्।

पिएसजीमा असन्तुष्ट रहेका भनिएका नेयमार समर ट्रान्सफर विन्डोमा क्लब परिवर्तनको सोचमा रहेको बताइएको थियो। पिएसजीले पनि नेयमारलाई बिक्री गर्न चाहेको खबर निरन्तर आएका थिए।

तर पिएसजीले नयाँ प्रशिक्षकमा लुइस एनरिकेलाई भित्र्याउने भएपछि नेयमार पिएसजी छाड्ने निर्णयबाट फिर्ता हुने मनस्थितिमा पुगेको फ्रेन्च पत्रिका ले इक्विपले जनाएको छ। पिएसजीले छिट्टै क्लबको नयाँ प्रशिक्षकमा एनरिकेलाई नियुक्त गर्ने अन्तिम तयारी गरिरहेको बताइएको छ।

नयाँ सिजनका लागि एनरिके आउने भएसंगै पिएसजीले नेयमारलाई क्लबमै राख्न सक्ने सम्भावना बढेको ले इक्विपको दावी छ। प्रशिक्षक परिवर्तन हुँदा नेयमारको भूमिका बढ्ने अनुमान पनि गरिएको छ।

नेयमारको नाम विभिन्न प्रिमियर लिग क्लबहरुसँग जोडिएको छ। नेयमारलाई म्यानचेस्टर युनाइटेड, न्यूक्यासल युनाइटेड र चेल्सी जस्ता क्लबहरुले भित्र्याउन चाहिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *