June 25, 2024

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सेनेगलले ब्राजिलमाथि सानदार जित निकालेको छ। सेनेगलले १–० ले पछि परेको स्थितिमा सानदार कम्ब्याक गर्दै ब्राजिल माथि ४-२ को उत्कृष्ट जित निक्लान सफल भएको हो।

पोर्चुगलको लिस्वनमा मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलका पूर्व फरवार्ड साडियो माने चम्किँदा ब्राजिलको केहि लागेन। ब्राजिल विरुद्ध मानेले दुई गोल गर्न सफल भए। बलमा अबधि नियन्त्रण ब्राजिलले राखेपनि जित भने सेनेगलको पक्षमा गयो।

खेलभर ब्राजिलले बलमा कुल ६३ प्रतिशत नियन्त्रण राखेर ११ प्रहार गरेको थियो। त्यसमध्ये ५ प्रहार टार्गेटमा थिए। तर गोलमा २ प्रहार मात्र परिणत हुन सके। सेनेगलको तर्फबाट भने कुल ७ प्रहार भएका थिए। त्यसमध्ये ४ प्रहार टार्गेटमा थिए र चारै प्रहार गोलमा परिणत भए।

सेनेगलको जितमा मानेले दुई गोल गर्दा हबिब डियालोले एक गोल गरे। त्यस्तै एक गोल भने सेनेगलले उपहारमा पाएको थियो। ब्राजिलका मार्किन्हसले एक आत्मघाती गोल गर्दा सेनेगलले १ गोल उपहारमा पाएको हो।

ब्राजिलका लागि भने लुकास पाक्वेटा र मार्किन्हसले एक-एक गोल फर्काए। खेलको ११औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए। तर ब्राजिलको अग्रता लामो समय टिकेन। खेलको २२ औं मिनेटमा सेनेगलका हबिब डियालोले बराबरी गोल फर्काए।

खेलको ५२औं मिनेटमा मार्किन्हसको आत्मघाती गोलबाट ब्राजिल पछि पर्यो। ५५औं मिनेटमा साडियो मानेले सेनेगलका लागि तेस्रो गोल गरे। ५८औं मिनेटमा मार्किन्हसले ब्राजिलका लागि गोल गरे। इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा मानेले पेनाल्टीमार्फत गोल गरेसंगै ब्राजिल ४-२ को गोल अन्तरले पराजित भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *