June 22, 2024

एजेन्सी – नेपाल जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्स पुग्ने सम्भावना उच्च देखिएको छ। जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा नेपाल यति बेला समूहको तेस्रो स्थानमा रहेको छ।

समूह ए मा जिम्बावे, वेस्टइन्डिज, अमेरिका, नेपाल र नेदरल्यान्ड्स रहेका छन्। यी मध्ये वेस्टइन्डिज र नेदरल्यान्ड्स बाहेक सबै टोलीले दुई दुई खेल खेलिसकेका छन्। चार अंक सहित जिम्बाबे शिर्ष स्थानमा छ भने २ अंक सहित वेस्टइन्डिज दोस्रो स्थानमा छ। २ खेलबाट २ अंक जोडेर नेपाल तेस्रो स्थानमा छ।

अमेरिका र नेदरल्यान्ड्स भने अंकबिहिन छन्। सुरुवाती २ खेलमा जित निकालेसंगै जिम्बावे सुपर सिक्समा पुग्ने सम्भावना बढेको छ। त्यस्तै नेपालको पनि सुपर सिक्समा पुग्ने उच्च सम्भावना रहेको छ। नेपालले विहीबार वेस्टइन्डिज र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ।

दुई मध्ये एक मात्र खेलमा जित निकाल्न सकेपनि नेपाल सुपर सिक्समा पुग्न सक्नेछ। नेपालले नेदरल्यान्ड्सलाई हराउँदा सुपर सिक्समा पुग्न सक्छ। नेदरल्यान्ड्सले बिहीबार अमेरिका, शनिबार नेपाल र सोमबार वेस्टइन्डिजसँग खेल्नेछ। तर बाँकी दुवै खेलमा पराजित हुने हो भने चाहिं नेपाल सुपरसिक्स नपुगी प्रतियोगिताबाट बाहिरिनेछ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *