June 17, 2024

एजेन्सी – विभिन्न इटालियन मिडियाहरुका अनुसार अनुसार पेरिस सेन्ट जर्मेन(पिएसजी)ले नेपोली स्टार भिक्टर ओसिमहेनको लागि १ सय ५० मिलियन युरो सम्मको प्रस्ताव तयार गरिरहेको छ।

फ्रान्सेली दिग्गजहरूले २५ वर्षीयलाई आफ्नो ‘मुख्य लक्ष्य’ को रूपमा अगाडि पहिचान गरेका छन् र छिट्टै प्रस्ताव पठाउने योजनामा देखिएका छन्। पिएसजीले ओसिमहेनका लागि १ सय ५० मिलियन युरो सम्मको ट्रान्सफर शुल्क खर्च गर्ने योजना बनाएको फ्रेन्च मिडियाहरुको दावी छ।

नेपोलीका मालिक र अध्यक्ष ओरेलियो डे लौरेन्टिसले भर्खरै भनेका छन् कि इटालियन च्याम्पियनहरूले मौखिक रूपमा दुई वर्षको सम्झौता विस्तारमा सहमति जनाएका छन् र उनीहरू छलफलका लागि उनको एजेन्टलाई भेट्न तयार छन्। यो खबरका बाबजुत पिएसजी ओसिमहेनलाई भित्र्याउन खोजिरहेको छ।

तीन वर्षअघि लिलेबाट ७४ मिलियन पाउण्डमा सामेल भएदेखि, ओसिमहेनले ग्ली अज्जुरीका लागि १०१ खेलमा ५९ गोल गरेका छन् र युरोपका सबैभन्दा घातक स्ट्राइकरहरूमध्ये एकको रूपमा प्रतिष्ठा बनाएका छन्। सन् २०२२-२३ को सिजनमा उनले क्लबका लागि कुल ३१ गोल गर्दै ५ असिस्ट दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *