June 14, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरहरुलाई मान्ने हो भने टोटेनहम हट्सपरका फरवार्ड तथा इंग्ल्याण्डको राष्ट्रिय टोलीका कप्तान ह्यारी केन जर्मन क्लब बायर्न म्युनिख जना तयार भएका छन्। केन व्यक्तिगत रुपमा बायर्न जान सहमत भएको विभिन्न खेल मिडियाहरुले जनाएका हुन्।

जर्मन क्लब बायर्नले पछिल्लो समर ट्रान्सफर विन्डो देखि नै केन माथि नजर लगाइरहेको छ। रोबर्ट लेवान्डोस्की बार्सिलोना प्रस्थान गरेपछि बायर्नले उनको स्थानमा केनलाई भित्र्याउन चाहेको हो।

बायर्नले समर ट्रान्सफर विन्डोका लागि केनलाई मूख्य ट्रान्सफर टार्गेट बनाएको छ। क्लब र खेलाडी बीच एक प्रकारको सहमति भैसकेको विभिन्न खेल मिडियाहरुले दावी गरेका छन्। बायर्न र केन बीच सहमति भइसकेपनि टोटेनहम भने केनलाई बिक्री गर्ने योजनामा देखिँदैन।

टोटेनहमले केनलाई कुनै पनि हालतमा यस समर ट्रान्सफर विन्डोमा बिक्री नगर्ने दावी गरिरहेको छ। केन आफ्नो सम्झौताको अन्तिम वर्षमा रहेका छन्। सन् २०२४ मा उनको सम्झौता सकिँदैछ। टोटेनहमले केनलाई नयाँ सम्झौताको प्रस्ताव गर्ने तयारी पनि गर्दैछ।

बायर्न र केन बीच सहमति भैसकेको अवस्थामा अब केनले टोटेनहमलाई दबाब दिएर आफ्नो ट्रान्सफर सम्भव गराउन सक्छन्। तर उनको ट्रान्सफर बायर्नमा हुन्छ कि हुँदैन भन्ने कुरा भने समयले नै बताउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *