June 22, 2024

एजेसी – सन् २०२३-२४को सिजन सुरु हुनु अगाडी सबैको ध्यान समर ट्रान्सफर विन्डोमा छ। क्लब फुटबलमा समर ट्रान्सफर विन्डोलाई विशेष महत्वका साथ हेरिने गरिन्छ। क्लबको फुटबलका ठूला-ठूला ट्रान्सफरहरु समर ट्रान्सफर विन्डोमा नै हुने गर्छन्।

सन् २०२२-२३ को सिजन सकिसकेपछि युरोपका धेरै क्लबहरुले आफूलाई आवश्यक परेका खेलाडीहरु भित्र्याउन थालिसकेका छन् भने केहिले आफूलाई नचाहिने खेलाडी बिक्री गर्न थालिसकेका छन्। अहिले यहाँ हामी केहि यस्ता फुटबलरहरुका बारेमा चर्चा गर्दैछौँ जसबाट क्लबहरु छुटकारा पाउन चाहन्छन्।

प्रिमियर लिग च्याम्पियन जोआओ क्यान्सेलोबाट छुटकारा पाउन सक्छ। गत जानकारी ट्रान्सफर विन्डोमा जोआओ क्यान्सेलोलाई सिटीले लोनमा बायर्न म्युनिख पठाएको थियो। तर लोन सम्झौता सकिएपछि उनी सिटी फिर्ता भैसकेका छन्। सिटीलाई उनी चाहिएकै छैन। सिटी जसरी हुन्छ जोआओ क्यान्सेलोबाट छुटकारा पाउने योजनामा छ।

त्यस्तै जर्मन क्लब बायर्नलाई साडियो माने चाहिएको छैन। गत सिजन लिभरपुलबाट बायर्न आएका माने खासै चल्न सकेनन् र क्लबका खेलाडीहरुसँग उनको सम्बन्ध राम्रो छैन। अर्को तर्फ म्यानचेस्टर युनाइटेड डेभिड दे हेयाबाट छुटकारा पाउन चाहन्छ। उनको सम्झौता युनाइटेडमा छिट्टै सकिँदैछ। तर युनाइटेडले उनको सम्झौता थप गर्न खासै चासो देखाएको छैन।

प्रिमियर लिग क्लब चेल्सी मेसन माउन्टबाट छुटकारा पाउने योजनामा छ। उनलाई म्यानचेस्टर युनाइटेडले भित्र्याउन खोजिरहेको छ। त्यस्तै पेरिस सेन्ट जर्मेन(पिएसजी) भने ब्राजिलियन स्टार नेयमार देखि छुटकारा पाउन चाहन्छ। तर पिएसजीलाई नेयमार भित्र्याउन चाहने क्लब खोज्न हम्मे-हम्मे परिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *