June 17, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड समर ट्रान्सफर विन्डोको पहिलो ट्रान्सफर नजिक पुगेको छ। अहिले सम्म एक खेलाडी पनि नभित्र्याएको युनाइटेडले यस समर ट्रान्सफर विन्डोको पहिलो ट्रान्सफर सम्पन्न गर्ने भएको हो।

विभिन्न खेल मिडियाहरुका अनुसार युनाइटेको पहिलो ट्रान्सफर गोलकिपर आन्द्रे ओनाना हुन सक्छन्। युनाइटेडले गोलकिपर आन्द्रे ओनानाको लागि इन्टर मिलानले माग गरेजति नै रकम तिर्ने भएको बताइएको छ।

ओनानाका लागि इन्टरले ५० मिलियन युरो माग गरेको र सो रकम तिर्न युनाइटेड तयार भएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। ला गजेटा डेलो स्पोर्टको रिपोर्ट अनुसार एरिक टेन ह्याग गोलकिपरलाई अनुबन्ध गर्न आतुर छन् र क्लबलाई ओनानालाई अनुबन्ध गर्न आग्रह गरेका छन्।

ओनानासँग टेन ह्यागले डच क्लब आयक्समा सँगै काम गरेका थिए। म्यानचेस्टर युनाइटेडमा डेभिड डे हेयाको भविष्य अझै अस्पष्ट छ। उनी र युनाइटेड बीचको सम्झौता छिट्टै सकिँदैछ। युनाइटेडले उनीसँगको सम्झौता थप गर्ने भन्दा पनि ओनानालाई भित्र्याउने योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *