June 14, 2024

एजेन्सी – गत साता इंग्लिस फुटबलको चौथो श्रेणीको क्लब न्युपोर्ट काउन्टीसँग सम्झौता गरेका मिडफिल्डर किवन राईले नेपालको राष्ट्रिय टोलीबाट भन्दा पनि वेल्सको राष्ट्रिय टोलीबाट फुटबल खेल्ने आफ्नो सपना रहेको बताएका छन्।

एक मिडियासँगको कुराकानीका क्रममा राईले आफू वेल्समै जन्मिएको र साथीहरु पनि वेल्समै रहेका कारण नेपाल भन्दा पनि वेल्सबाट फुटबल खेल्ने योजनामा रहेको बताएका हुन्। त्यसक्रममा उनले आफू नेपाली संस्कृतिसँग धेरै नजिक रहेको बताउन पनि छुटाएनन्।

“मेरो सपना एकदिन वेल्सबाट खेल्ने नै छ। म यहाँ जन्मिएको हुँ। मेरो साथीहरु पनि सबै यहींबाट नै छन्। मेरो लागि यो नै सहि निर्णय जस्तो लाग्छ। म यहाँकै मान्छे हुँ।”,राईले भने।

नेपालमा आफ्नो चर्चा हुने गरेको आफूलाई थाहा भएको र त्यो थाहा पाउँदा खुशी लाग्ने गरेको पनिं उनले सुनाए। उनले भने,”म नेपालमा भएको चर्चामा अड्किन चाहन्न, तर मलाई आमा बुबाले देखाइरहनु हुन्छ। मेरो प्रशंसा गरेकोमा म खुसी छु र धन्यवाद भन्न चाहन्छु । तर मैले यो समय आफ्नो लक्ष्यमा ध्यान दिन जरुरी छ।”

न्युपोर्ट काउन्टीसँग सम्झौता गरेसंगै राई निरन्तर चर्चामा छन्। सम्झौता गरेसंगै इंग्लिस फुटबलको व्यावसायिक लिगमा अनुबन्धित हुने पहिलो नेपाली मुलका खेलाडी बनेका छन्।

भिडियो हेर्न यहाँ जानुहोस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *