June 25, 2024

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनल फ्रेन्च स्टार किलियन एम्बाप्पे भित्र्याउन इच्छुक देखिएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार आर्सनल एम्बाप्पे भित्र्याउने दौडमा सामेल हुने योजनामा देखिएको हो।

आर्सनलले सन् २०२४ मा केलियन एमबाप्पेको लागि कदम चाल्ने योजना बनाएको फुटबल इनसाइडरले दावी गरेको छ। आर्सनलले एम्बाप्पेको ट्रान्सफरमा सहभागी हुने योजना बनाएको खबर आफूहरुलाई प्राप्त भएको फुटबल इनसाइडरको दावी छ।

यतिबेला एमबाप्पे रियल म्याड्रिड जाने अनुमान गरिएको छ। पिएसजीसँगको सम्झौता सन् २०२४ पछि थप नगर्ने निर्णय गरिसकेका एम्बाप्पेलाई बिक्री गर्न पिएसजीले चाहेको छ। केहि समय अगाडी एम्बाप्पेले एक पत्र पठाएर सन् २०२४ पछि आफू सम्झौता थप गर्ने पक्षमा नरहेको जानकारी पिएसजीलाई गराएका थिए।

एम्बाप्पेको सो पत्रसंगै पिएसजीले एम्बाप्पेलाई बिक्री गर्न चाहेको बताइन्छ। पिएसजीले बिक्री गर्न चाहेपनि एम्बाप्पेले भने एक सिजन पिएसजीमै रहेर खेल्ने योजना बनाएका छन्। सार्वजनिक रुपमै एम्बाप्पेले पिएसजी तत्काल नछाड्ने संकेत गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *