June 16, 2024

काठमाडौँ – दीपेन्द्रसिंह ऐरीको शानदार ब्याटिङ र सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनको मद्दतले आईसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तरगतको प्लेअफमा नेपालले जित निकालेको छ। धरापमा परिसकेको अवस्थामा ऐरी र लामिछानेले उत्कृष्ट साझेदारी गर्दा नेपाल ३ विकेटले विजयी भएको हो।

जितको लागि जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा लक्ष्य पूरा गर्यो। नेपालको जितमा दीपेन्द्र ८५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७९ रन बनाए।

सन्दीप लामिछानेले ३७ बलमा २ चौकासहित २३ रन बनाए। दुवै नटआउट रहेर खेल टुंग्याएका थिए। आठौं विकेटका लागि दीपेन्द्र र सन्दीपले १५ ओभरमा ७९ रनको अविजित साझेदारी गरे।

नेपालले खेलमा खराब सुरुवात गरेको थियो। ओपनर अर्जुन साउद मात्र १ रन बनाएर आउट हुँदा नेपालले १३ रन बनाएका ज्ञानेन्द्र मल्ललाई गुमायो। कुशल भुर्तेल आउट हुँदासम्म टोलीले ६ विकेटको क्षतिमा मात्र ६३ रन बनाएको थियो।

भुर्तेलले ३५ रन बनाए। रोहित पौडेल, भीम सार्की र आरिफ शेखले दोहोरो अङ्क बनाउन सकेनन्। गुल्सन झा १२ रनमा आउट हुँदा नेपालले मात्र ६३ रन बनाएको थियो।

पहिला बलिङ गर्ने निर्णय गरेको नेपालले युएईलाई सय ८१ रनमा अल आउट गरेको थियो। नेपालका लागि सन्दीप लामिछानेले ३-३ विकेट लिँदा गुलशन झा, दिपेन्द्र सिंह ऐरी र प्रतिश जि.सीले एक एक विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *