June 17, 2024

काठमाडौँ – आइतबार नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईको सामना गर्यो। टस जितेर बलिङ रोज्दा नेपालले युएईलाई सस्तैमा अल आउट पनि गर्न सफल भयो।

नेपालले युएईलाई १ सय ८१ रनमै अल आउट गरेको थियो। नेपालका लागि सन्दीप लामिछानेले ३-३ विकेट लिँदा गुलशन झा, दिपेन्द्र सिंह ऐरी र प्रतिश जि.सीले एक एक विकेट लिएपछि युएई ४६.५ ओभरमा अल आउट भएको थियो।

जवाफी ब्याटिङ गर्नेक्रममा नेपालले खबर सुरुवात गरेको थियो। कुनै एक समयमा नेपाल दयनीय अवस्थामा थियो। ६३ रनमै नेपालले ६ विकेट गुमाएको थियो। नेपाल दयनीय अवस्थामा देखिएपनि नेपालको पारी सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी बीचको साझेदारीले सम्हालिएको थियो।

आठौं विकेटका लागि दीपेन्द्र र सन्दीपले १५ ओभरमा ७९ रनको अविजित साझेदारी गरेका थिए। दीपेन्द्रले ८५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७९ रनच बनाउन सफल भए। दीपेन्द्रले नेपाललाई एक समय २०.५ ओभरमा ६३-६ को अवस्थाबाट खेल जिताउन महत्वपूर्ण ब्याटिङ गरेका थिए।

उनी नचलेको भए सायदै नेपाल जित सक्थ्यो। नेपालको जितको मेन हिरो बेनका उनी प्लेयर अफ द म्याच पनि बन्न सफल भए। नेपाललाई जित दिलाउन टिकेर सानदार नटआउट इनिङ खेलेका कारण उनी प्लेयर अफ द म्याच घोषित भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *