June 25, 2024

एजेन्सी – इन्टर मियामीले कथित रूपमा स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोस र उनका पूर्व पेरिस सेन्ट-जर्मेनका अर्जेन्टिनी सहकर्मी लियोनेल मेस्सीबीच सनसनीपूर्ण पुनर्मिलन गराउने योजना बनाएको छ।

विभिन्न खेल मिडियाहरुका अनुसार मेस्सी भित्र्याइसकेको अमेरिकी क्लब मियामीले अब रामोसलाई पनि भित्र्याउने योजना बनाएको हो। मियामी गएको केहि समय देखि रामोससँग सम्पर्कमा रहेको स्पेनिस पत्रिका स्पोर्टले जनाएको छ।

सो पत्रिकाले गरेको दावीलाई मान्ने हो भने रामोस र मियामी बीचको छलफल सकारात्मक दिशामा अगाडी बढिरहेको छ। सबै ठीक गएको खण्डमा आउने समयमा दुई पक्ष बीच सम्झौता पनि हुन सक्छ।

इन्टर मियामीले हालैका हप्ताहरूमा लियोनेल मेस्सी र सर्जियो बुस्केट्स जस्ता खेलाडीलाई भित्र्याएर फुटबल जगतमा सबैलाई चकित पारिसकेको छ। अब मियामीले अन्य खेलाडी पनि भित्र्याउने योजना बनाएको छ। मियामीले भित्र्याउन चाहेका खेलाडीहरुको सूचीमा रामोस सहित अन्य खेलाडीहरु पनि छन्।

पिएसजीमा मेस्सी र रामोसले सँगै खेलेका थिए। बार्सिलोना र रियल म्याड्रिडका लागि खेल्दा एक अर्काका कट्टर प्रतिष्पर्धी भएपनि पिएसजीमा भने दुई बीच राम्रो तालमेल देख्न मिलेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *