June 25, 2024

काठमाडौँ – नेपालले आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि आज आयरल्याण्डको सामना गर्दैछ। आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि नेपालले आज आयरल्याण्डको सामना गर्न लागेको हो।

आज नेपाल र आयरल्याण्ड ओडिआई क्रिकेटको इतिहाँसमा पहिलो पटक आमने-सामने हुनेछन्। ओडिआईमा क्रिकेटमा अहिले सम्म दुई टोली आमने-सामने भएका थिएनन्। तर विश्वकप छनोटको समूहचरणमा मात्र एक-एक खेल मात्र जितेका दुई टोली सातौँ स्थानको लागि भिड्नेछन्।

नेपाल नेदरल्याण्ड, वेस्टइन्डिज र जिम्बावेसँग पराजित हुँदा आयरल्याण्ड भने स्कटल्याण्ड, श्रीलंका र ओमानसँग पराजित भएको थियो। आयरल्याण्ड विरुद्धको खेलमा नेपालले इतिहाँस बनाउने अवसर पाउनेछ।

नेपालले अहिले अम्म टेस्ट राष्ट्रलाई पराजित गर्न सकेको छैन। आयरल्याण्डलाई हराउन सके नेपालले आज इतिहाँस बनाउनेछ। त्यस्तै आयरल्याण्ड भने नेपाल विरुद्धको पहिलो ओडिआई खेलमा सहज जित निकाल्ने दाउमा हुनेछ।

नेपालको सम्भावित टोली

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

आयरल्याण्डको सम्भावित टोली

एन्ड्रयू बालबिर्नी (कप्तान), मार्क आदिर, कर्टिस क्याम्फर, ग्यारेथ डेलानी, जर्ज डोकरेल, ग्राहम ह्यूम, जोश लिटिल, एन्डी म्याकबर्नी, ब्यारी म्याककार्थी, पिटर मुर, पल स्टर्लिङ, ह्यारी टेक्टर, लोर्कान टर्कर, बेन ह्वाइट र क्रेग योंग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *