June 17, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार बदलिएको परिस्थितिसँगै ब्राजिलियन स्टार नेयमार पेरिस सेन्ट जर्मेन(पिएसजी)मै रहन सक्छन्। पिएसजीका प्रशिक्षक बदलिएपछि नेयमार पिएसजीमै रहन सक्ने दावी विभिन्न खेल मिडियाहरुले गरेका हुन्।

नयाँ पेरिस सेन्ट-जर्मेन (PSG) का प्रबन्धक लुइस एनरिकेले नेयमार जूनियरलाई पिएसजीमै रहन फकाउन सक्ने स्पेनिस पत्रिका रेलेभोले जनाएको छ। रेलेभोको रिपोर्ट अनुसार एनरिकेले नेयमारलाई आफ्नो योजनामा राख्नेछन् र पिएसजीमै रहन आग्रह गर्नेछन्। एनरिकेकै आग्रहमा नेयमार बिक्री गर्ने योजनाबाट पिएसजी समेत ब्याक हुने अनुमान गरिएको छ।

पिएसजीमा नेयमारको सम्झौता सन् २०२४-२५ को सिजन सम्मका लागि छ। तर पिएसजीका समर्थकको रवैयाका कारण नेयमार पिएसजी छाड्ने निर्णयमा पुगेको चर्चा गरिन्छ। पिएसजीले पनि नेयमारलाई बिक्री गर्न चाहेको खबर यस अगाडी आएको थियो। तर प्रशिक्षक बदलिएपछि भने नेयमारले आफ्नो निर्णय बदल्न सक्ने बताइन्छ।

एनरिके बार्सिलोनाको प्रशिक्षक हुँदा नेयमार पनि त्यहिँ थिए। नेयमारले त्यसबेला उच्च प्रदर्शन गरेका थिए। एनरिके बार्सिलोनाको प्रशिक्षक हुँदा नेयमारले १ सय ४५ खेलमा १ सय ५८ गोल तथा असिस्टको योगदान दिएका थिए। नेयमार र एनरिके बीच छिट्टै भेटघाट हुने रिपोर्टहरु निरन्तर आइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *