June 22, 2024

एजेन्सी – गएको केहि दिन देखि चलिरहेको चर्चा अनुसार जर्मन क्लब बायर्न म्युनिखलाई म्यानचेस्टर सिटीका एक खेलाडी नभई भएको छैन। बायर्नले यस समर ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटीका डिफेन्डर काइल वाकरलाई जसरी पनि भित्र्याउने योजना बनाएको हो।

बायर्नले वाकरलाई भित्र्याउन सक्दो प्रयास गरिरहेको चर्चालाई स्थानान्तरण विशेषज्ञ फाब्रिजियो रोमानोले समेत पुष्टि गरेका छन्। बायर्नले वाकर भित्र्याउन निरन्तर प्रयास जारी राखेको रोमानोले जनाएका छन्।

३३ वर्षीय वाकर सन् २०१७ मा प्रिमियर लिग क्लब टोटेनहमबाट सिटी आइपुगेका थिए। उनका लागि सिटीले ४५ मिलियन पाउण्ड खर्च गरेको थियो। त्यसयता सिटीका लागि उनले २ सय ५४ खेल खेलिसकेका छन्। यस बीचमा उनले सिटीसँग १४ उपाधि जितिसकेका छन्।

सन् २०२२-२३ को सिजनमा सिटीले ट्रेबल जित्दा पनि वाकरले महत्वपूर्ण भूमिका निभाएका थिए। सिटीले वाकरलाई क्लबमै राख्न चाहेको छ। तर बायर्न भने वाकर भित्र्याउन निरन्तर प्रयास गर्ने योजनामा देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *