June 22, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले नयाँ सिजनका लागि क्लबको जिम्मेवारी लुइस एनरिकेलाई दिसकेको छ। फ्रेन्च प्रशिक्षक क्रिस्टोफ गाल्टियरलाई बिदा गरेसंगै पिएसजीले नयाँ प्रशिक्षकको रुपमा स्पेनिस एनरिकेलाई भित्र्याएको हो।

पिएसजी आएसंगै उनले क्लबमा विभिन्न परिवर्तन गर्न चाहेका छन्। उनले आफ्नो योजनामा विभिन्न सात खेलाडीलाई राखेको र पिएसजीलाई ती सात खेलाडी भित्रयाउन आग्रह गरिसकेको स्पेनिस पत्रिका एक नेसियोनलले जनाएको छ।

एनरिकेकै आग्रहमा पिएसजीले कोरियाली युवा काङ्गिन लीलाई भित्र्याइसकेको छ। यसको अलावा उनले क्याटलान क्लब बार्सिलोनाका दुई खेलाडी भित्र्याउन क्लबलाई निर्देशन दिसकेको बताइन्छ। उनले भित्रयाउन चाहेका बार्सिलोनाका खेलाडीहरुमा जुलेस काउन्डे र उस्माने डेम्बेले रहेका छन्।

यस्तै उनी टोटनह्याम हटस्परका ह्यारी केनलाई पनि पिएसजीमा चाहन्छन्। क्लबलाई पीएसभी आइन्डहोभनबाट जाभी सिमोन्सको फिर्ती सुरक्षित गर्न समेत उनले निर्देशन दिसकेका छन्। बेन्फिकाका युवा खेलाडी चेर एन्डौर माथि पनि एनरिकेको नजर रहेको बताइन्छ। एनरिकेको योजनामा म्यानचेस्टर सिटीबाट बर्नार्डो सिल्भा पनि रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *