June 16, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)सँगको सम्झौता सकिएपछि स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोस यति बेला एक्लै तालिम लिरहेका छन्। पिएसजी छाडेपछि कुनै पनि क्लबमा आवद्ध नाबह्येका रामोस एक्लै प्रशिक्षणमा जुटेका हुन्।

विश्वकप विजेता स्पेनियार्ड पेरिस सेन्ट-जर्मेनको सम्झौता समाप्त भएपछि जुनको अन्त्यमा नि: शुल्क एजेन्ट बने। उनी अहिले नयाँ क्लबको खोजीमा छन् तर यो बीचमा उनले आफ्नो एकल प्रशिक्षण सत्रमा कडा मेहनत गरेर आफूलाई फिट राखिरहेका छन् ।

३७ वर्षीय डिफेन्डरको नाम अमेरिकी क्लब इन्टर मियामीसँग जोडिएको छ। जहाँ उनको पिएसजीका पूर्व सहकर्मी लियोनेल मेस्सीसँग पुनर्मिलन हुन सक्छ। तर रामोसलाई मियामीले मात्र भित्र्याउन चाहेको छैन। उनलाई साउदीबाट पनि आकर्षक प्रस्ताव आएको छ।

साउदी प्रो लिग पक्ष अल-अहलीले रामोसलाई भित्र्याउन चाहेको बताइन्छ। सो क्लब रामोसलाई वार्षिक २० मिलियन युरो पारिश्रमिक दिन तयार छ। संयुक्त राज्य अमेरिका र साउदी अरेबिया बाहेक उनलाई स्पेनबाट पनि प्रस्ताव आएको बताइन्छ। पूर्व क्लब सेभियाले उनलाई फिर्ता लैजान चाहेको स्पेनिस मिडियाहरुले जनाएका छन्।

 

View this post on Instagram

 

A post shared by Sergio Ramos (@sergioramos)

Leave a Reply

Your email address will not be published. Required fields are marked *