June 16, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का पूर्व खेल निर्देशक लियोनार्डोले क्लब छाडेर जान फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई सुझाव दिएका छन्। एक मिडियासँगको कुराकानीका क्रममा लियोनार्डोले एम्बाप्पेलाई पिएसजी छाड्न सुझाव दिएका हुन्।

एमबाप्पेले यस समरको सुरुमा सन् २०२३-२४ को सिजनको अन्त्यपछि पिएसजीसँगको आफ्नो बसाइ लम्ब्याउने छैन भनेर खुलासा गरेका थिए। त्यसपछि पिएसजी एम्बाप्पेसँग रुष्ट भएको छ। पिएसजीले सित्तैमा गुमाउनु पर्ने डरले एम्बाप्पेलाई यहि समर ट्रान्सफर विन्डोमै बिक्री गर्ने योजना बनाएको छ।

एम्बाप्पे पनि अहिले चुप बस्न सकिरहेका छैनन्। एक अन्तर्वाताको क्रममा एम्बाप्पेले पिएसजीमा रहेर आफ्नो करियरलाई खासै ठूलो मद्दत नमिलेको बताए। त्यसक्रममा उनले पिएसजी विभाजित टोली रहेको बताउन पनि छुटाएनन्।

एम्बाप्पेको सो भनाई बाहिर आएपछि सो बारे लियोनार्डोलाई प्रश्न गरिँदा उनले पिएसजीको भलाईका लागि एम्बाप्पेले क्लब छाडेर जाने समय आएको बताए। पिएसजी एम्बाप्पे भन्दा अगाडी देखि अस्तित्वमा थियो र एम्बाप्पे पछि पनि पिएसजीको अस्तित्वमा हुने लियोनार्डोको भनाई छ।

“पीएसजीको भलाइको लागि, मलाई लाग्छ कि एम्बाप्पे जाने समय आएको छ, जे भए पनि।”,लियोनार्डोले भने,”पेरिस-सेन्ट-जर्मेन केलियन एमबाप्पे भन्दा पहिले अस्तित्वमा थियो र यो उनको पछि पनि रहनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *