June 16, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का पूर्व खेल निर्देशक लियोनार्डोले फ्रेन्च युस स्टार किलियन एम्बाप्पेको सहयोग बिना पनि पिएसजीले च्याम्पियन्स लिग जित्न सक्ने दावी गरेका छन्।

एक मिडियासँग कुराकानी गर्नेक्रममा लियोनार्डोले एम्बाप्पे बिना पनि पिएसजीले च्याम्पियन्स लिग जित्न सक्ने बताएका हुन्। एम्बाप्पे पिएसजीमा हुँदा अन्य क्लबले च्याम्पियन्स लिग जितेका कारण एम्बाप्पको सहयोग बिना पनि च्याम्पियन्स लिग जित्न सक्छ भन्ने कुरा प्रमाणित भैसकेको लियोनार्डोको संकेत छ।

“उनी छ वर्षदेखि पेरिसमा छन् र ती छ सिजनहरूमा, पाँच भिन्न क्लबहरूले च्याम्पियन्स लिग जितेका छन्। रियल म्याड्रिड(सन् २०१८-२०२२), लिभरपुल(२०१९), बायर्न म्युनिख(२०२०), चेल्सी(२०२१), म्यानचेस्टर सिटी(२०२३) कसैसँग पनि एम्बाप्पे थिएनन्। तर उनीहरुले च्याम्पियन्स लिग जिते। पिएसजीले पनि एम्बाप्पे बिना च्याम्पियन्स लिग जित्न सक्छ।”,लियोनार्डोले भने।

गत सिजन लिगमा २९ गोल गर्दै लगातार पाँचौं पटक गोल्डेन बुट जितेका एमबाप्पेले पिएसजीबाट च्याम्पियन्स लिग जित्न सक्दो प्रयास गरिरहेका छन्। एम्बाप्पेको आगमन पछि पिएसजी एक पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्यो। तर उपाधि जित्न भने सकेन। यस पटक भने पिएसजी अन्तिम बाटै बाहिरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *