June 16, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का पूर्व खेल निर्देशक लियोनार्डोले फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे एक राम्रो खेलाडी भएपनि राम्रो लिडर नरहेको बताएका छन्। एक मिडियासँगको अन्तर्वार्ताका क्रममा लियोनार्डोले एम्बाप्पे राम्रो लिडर नरहेको बताएका हुन्।

लियोनार्डोले L’Equipe सँगको अन्तर्वार्ताका क्रममा एम्बाप्पे विगत दुई वर्षमा एम्बाप्पेले देखाएको व्यवहार देख्दा टोलीलाई मार्गदर्शन दिन सक्षम खेलाडी नरहेको पुष्टि भएको बताए। एम्बाप्पेको वरिपरि टोली निर्माण गर्न गाह्रो हुने लियोनार्डोको भनाई छ।

“विगत दुई वर्षको एम्बाप्पेको व्यवहारले देखाउँछ कि उनी टोलीलाई मार्गदर्शन दिनस सक्ने सक्षम खेलाडी होइनन्। उनी एक उत्कृष्ट खेलाडी हुन्, तर लिडर होइनन्। उनी उत्कृष्ट गोलकर्ता भएपनि रचनात्मक छैनन्। उनको वरिपरि टोली निर्माण गर्न गाह्रो छ।”,लियोनार्डोले भने।

पहिल्लो समय पिएसजी र एम्बाप्पे बीच त्यति राम्रो सम्बन्ध छैन। एम्बाप्पेले सन् २०२४ पछि सम्झौता थप नगर्ने स्पष्ट पारेपछि पिएसजी आत्तिएको छ र एम्बाप्पेलाई यहि समर ट्रान्सफर विन्डोमा बिक्री गर्ने योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *