June 16, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमारको भविष्य अनिश्चित छ। उनी पेरिस सेन्ट जर्मेन(पिएसजी)मै रहन्छन् कि अन्यत्र जान्छन् भन्ने कुराको टुंगो अझै लागिसकेको अवस्था छैन। गत समर ट्रान्सफर विन्डो देखि नै पिएसजीले नेयमारलाई बिक्री गर्न खोजिरहेको चर्चा चल्दै आएको छ।

नेयमारले पनि पिएसजी छाडेर नयाँ चुनौतीका लागि अगाडी बढ्ने योजना बनाएको बताइन्छ। नेयमारसँग विभिन्न विकल्पहरु रहेका छन्। नेयमारलाई प्रिमियर लिग क्लबहरु, साउदी क्लबहरु र अमेरिकी क्लबहरुले भित्र्याउन चाहेको खबरहरु आइरहेका छन्।

स्पेनिस पत्रिका रेलेभोको दावी अनुसार पिएसजी सहकर्मी लियोनेल मेस्सी अमेरिका पुगेका कारण नेयमार पनि उतै जान सक्छन्। मेस्सीलाई पछ्याउँदै नेयमार पनि अमेरिका जान सक्ने सम्भावना रहेको रेलेभोले जनाएको हो।

अमेरिकी लिग क्लबहरु नेयमार भित्र्याउन इच्छुक देखिएको र सबै ठीक गएको खण्डमा नेयमार मेस्सी जस्तै अमेरिका पुग्न सक्ने अनुमान गरिएको छ। त्यस्तै उनी पिएसजीमै रहन सक्ने सम्भावना पनि कायमै छ। किनभने बार्सिलोनामा सँगै काम गरेका प्रशिक्षक लुइस एनरिके पिएसजी आइपुगिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *