June 16, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टस छाडेपछि उनको स्थान लिनका लागि भित्र्याइएका डुसान भ्लाहोभिचले युभेन्टस छाड्न सक्ने सम्भावना देखिएको छ।

विभिन्न खेल मिडियाहरुका अनुसार युभेन्टसले भ्लाहोभिचलाई यहि समर ट्रान्सफर विन्डोमा बिक्री गर्न सक्छन्। रोनाल्डोले क्लब छाडेपछि उनको स्थानमा भित्र्याइएपनि भ्लाहोभिचले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेनन्।

जसकारण युभेन्टसले अब उनलाई बिक्री गर्न सक्छ। युभेन्टसले भ्लाहोभिचलाई उचित मूल्य पाएको खण्डमा बिक्री गर्ने योजना बनाएको ट्रान्सफर बजारका राम्रा जानकार फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्।

भ्लाहोभिच माथि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)को नजर रहेको रोमानोको भनाई छ। रोमानोका अनुसार पिएसजीले चार स्ट्राइकर माथि नजर लगाइरहेको र त्यसमा भ्लाहोभिच पनि रहेका छन्। रोमानोले यो पनि स्पष्ट परेका छन् कि भ्लाहोभिच भित्र्याउने दौडमा प्रिमियर लिग क्लब चेल्सी छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *